२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताएका छन् । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उनले जानकारी दिए । ‘हामीलाई दैनिक ३०० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । शुरुका दिनमा २०० सिलिण्डर थियो,’ ृउनले भने, ‘पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।’

नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उनले बताए । अक्सिजन नै सकिएपछि श्वास प्रश्वासका बिरामीहरुको मृत्युको कारुणिक दृश्य र आफन्तहरुको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवादिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उनको भनाइ थियो ।

उनले भने, ‘बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।’ प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेत मै बिरामीको चाप बढेको उनको भनाइ थियो ।

प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा. नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताए । कोरोनाबाट बालबालिकाहरुमा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उनले बताए । गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवकआमा समूह र अन्य सरोकारवालाहरुले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उनको भनाइ थियो ।

प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. के. एन. पौडेलले अवधिमा धुम्रपान तथा मध्यपान गर्ने युवाहरुको मृत्युदर बढेको जानकारी दिए । सङ्क्रमणको बीचमा पनि कोरोनाका बिरामीहरुकै सि.एस.एपेन्डिसाइटिस्लगायतको शल्यक्रिया गरिएको उनले बताए । उनका अनुसार केहीदिनमा सङ्क्रममितका बिरामी घट्दै जानेछन् ।

प्रदेश अस्पतालका अनुसार कोरानाको बिरामीलाई ‘हाइ फ्लो’को अक्सिजन चाहिने भएकोले कन्सेट्रेटर र अक्सिजन पाइप लाईनबाट करिब ७० भन्दा बढी बिरामीलाई अक्सिजनदिइएको छ ।

अक्सिजन प्लान्टले सोचे अनुसारकोअक्सिजनप्रवाहनसकेकोले त्यसको क्षमता बढाउनेतर्फ प्रयास थालिएको छ । कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु।२५ करोड सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस