२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका अस्पतालमा १०४० बेड खाली, यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्याङ्क

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हालसम्म एक हजार ४० बेड खाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमित बिरामीले बेड नपाएको समाचार आइरहँदा मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरूमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

उक्त तथ्याङ्क अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पतालसहित उपत्यकाका सबै सरकारी अस्पतालहरू, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरू एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको र ती मध्ये हाल १६३६ जना मात्रै बिरामीहरू आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । उपत्यकाका अस्पतालहरूमा ७५० वटा आइसोलेसन बेड खाली रहेको उक्त तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार उपत्यकाका सबै अस्पतालमा गरी कुल ४६४ वटा आईसीयू बेड रहेकोमा जम्मा २४३ जना मात्रै बिरामीहरु आईसीयूमा रहेका र २२१ वटा आईसीयू बेड खाली छन् । उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरूमा कुल २०१२ जना बिरामी मात्रै राखिएको छ ।

हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ तथ्याङ्क :

प्रतिक्रिया दिनुहोस