२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी चापको आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवहरूलाई मुख्य सचिवको निर्देशन

अ+ अ-

काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण गर्न सातै प्रदेशका प्रमुख सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउन भन्दै सोमबार सात वटै प्रदेशका प्रमुख सचिवहरूसँग भर्चुअल बैठक गरेका मुख्य सचिव वैरागीले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए-नभएको नियमन गर्न र बिरामीहरूले प्राथमिकता अनुरूप उपचार पाए नपाएको सम्बन्धमा सुपरिवेक्षण गर्नसमेत निर्देशन दिएका छन् ।

सो क्रममा मुख्य सचिव वैरागीले उद्योगहरूको सुरक्षा, उद्योगहरूमा बिजुली, पानीको नियमित प्रबन्ध, स्थानीय तहसँग पूर्ण समन्वय, छिटो छरितो निर्णय लिने पक्रिया जस्ता सबै पक्षमा सक्रिय भई कार्य गर्न-गराउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माले बताए ।

मुख्य सचिवले समय-समयमा सुझावकोसमेत अपेक्षा राख्दै अक्सिजन उत्पादन गर्ने उद्योग जुनसुकै स्थानमा भएता पनि राष्ट्रिय आवश्यकताको आधारमा अक्सिजनको वितरण हुनुपर्ने र कतिपय अक्सिजन उद्योगहरूबाट साना तिना कारणले उत्पादन हुन नआएको अवस्था भएमा त्यस्ता सबै पक्षलाई हेरी प्रदेश स्तरबाट विश्लेषण लगायतका विषयमा प्रतिवेदन माग गरेको पनि प्रवक्ता शर्माको भनाई छ ।

अक्सिजनको उपलब्धतालाई सहज बनाउन प्लान्टहरूको पूर्ण क्षमतामा उत्पादन गर्ने तथा यसको वितरण प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन जोड दिनुपर्ने विषयमा भएको छलफलका क्रममा कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन र बजार अनुगमन तथा नियमनको विषयमा सचेत हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

हाल मुलुकले व्यहोरिरहेको स्वास्थ्य चुनौती हल गर्न राष्ट्रिय आवश्यकतामा आधारित सोच, पूर्ण समन्वय, रोकथाम, नियन्त्रण र उपचारका सबै क्रियाकलापमा जोड दिन दिँदै मुख्य सचिव वैरागीले नेपाल सरकारबाट जारी भएको निषेधाज्ञा आदेशमा घोषणा भएका विषयमा प्रभावकारी अनुगमन, प्रदेश अन्तर्गतका संरचनाको पूर्ण सक्रियता, जनचेतनाका लागि सामाजिक परिचालन जस्ता क्रियाकलाप, अस्पतालहरूको नियमन गर्नसमेत प्रमुखसचिवहरुलाई निर्देशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस