२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनू ?

अ+ अ-

टीकापुर । कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उनको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी ज्याला मजदुरी गरेर घर चलाउने उनको दम्पती नै बेरोजगार बनेको छ ।

कोरोना महामारीको डरले न उनीहरु काममा जान सकेका छन् न उनीहरुलाई काम दिनेहरुले नै काममा बोलाएका छन् । ‘श्रीमान् छोराछोरीसँग खेल्छन्, चिन्ता नगर भन्छन् तर मलाई भान्सामा पकाउने तरकारी नहुँदा तनाव हुन्छ’, रूपाले भने, ‘लकडाउन हुँदैछ भनेपछि किनेर राखेको चामल पनि सकिन थालेको छ । छोराछोरीको विद्यालय बन्द भएपछि उनीहरु पनि घरमै छन् । विगतभन्दा अहिले घरमा दिनमा चार पटक खानेकुरा पाक्छ । आर्थिक समस्या भएकाले तरकारी, दाल सकिएको छ । के पकाउनु भन्ने चिन्ता बढेको छ ।’

जानकी–४ की तेतरानी चौधरीको घरमा त अन्न पनि सकिन थालेको छ । एकल महिला तेतरानीका चार सन्तान छन् । सबै खाउँखाउँ र लाउँलाउँ उमेरका छन् । घर निर्माण कार्यमा सहयोगीको काम गर्ने तेतरानीको समेत काम बन्द भएको छ । निर्माण व्यवसायीले लकडाउनपछि सङ्क्रमणको जोखिम बढ्यो भन्दै काम बन्द गरेपछि तेतरानीको चुल्हो बल्ने अवस्था छैन । ‘शुरुका केही दिन छिमेकीसँग सापटी मागेर खाइयो, जिल्ला प्रशासन कार्यालय कैलालीले एक सातामात्रै बन्द गर्छ होला जस्तो लागेको थियो तर लकडाउन लम्बिँदै गयो’, तेतरानी भन्छन्, ‘भोक लाग्छ, केटाकेटी खान खोज्छन्, यस्तै रहे के खाने भन्ने चिन्ता बढेको छ । कसैले काम दिएको भए म त काममा फर्कन्थेँ ।’

टीकापुर–८ की धौली साउदको परिवार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि स्वदेश फर्किएको छ । भारतमा महामारी फैलिएपछि रोजगारी गुम्दा उनको परिवार स्वदेश फर्किएको हो । भारतमा रहेका नेपालीले यातायात खर्च सहयोग गरेर स्वदेश फर्किएको धौलीको परिवारलाई यहाँ छाक टार्न समस्या भएको छ । ‘नेपाल फर्किएपछि छिमेकीले चामल सहयोग गरे, बस्नलाई घरमात्र छ तर तरकारी खाने बारी छैन’, साउदले भने, ‘किसानको तरकारी बारीमै सडेका खबर आउँछन्, त्यसरी बजार नपाएको, सडिरहेको तरकारी हामीलाई उपलब्ध गराइदिए छाक टार्न सजिलो हुन्थ्यो । हाम्रो नि भोक मेटिन्थ्यो ।’

महिला अधिकारकर्मी निर्मला कडायत भान्सा व्यवस्थापनको जिम्मेवारी बढी महिलाले लिने भएकाले परिवारको पेट कसरी भर्ने ? भन्ने चिन्ता महिलालाई हुनु स्वाभाविक भएको बताउँछन् । ‘आर्थिक सङ्कटका बेला परिवारका सदस्यहरु पनि मितव्ययी भइदिनुपर्छ, अनावश्यक माग गर्नु हुँदैन’, कडायत भन्छन्, ‘अति समस्यामा रहेका परिवारलाई स्थानीय सरकारले हेर्न आवश्यक छ ।’

यो महामारीको समयमा अधिकांशको रोजगारी गुमेकाले समस्या निम्तिएको छ । रोजगारी गुमेका, व्यवसायी तथा कर्मचारी पनि लकडाउन भएका कारण घरमै बसिरहेका छन् । दैनिक काममा जानेहरु घरमै बस्दा सामान्य समस्या भइहाल्छ । यस्तो समस्याका बेला छिमेकी एकअर्काको सहयोगी बन्न आवश्यक छ । टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक शिवचरण चौधरी कतिपय किसानले बारीमा तरकारी सडेर गाइवस्तुलाई खुवाउन थालेकाले नभएकाहरुलाई सहयोग गर्न आग्रह गर्छन् । ‘घरमै मानिस बोलाउने कुरा भएन तर आफूसँग भएको तरकारी, अन्न छिमेकीलाई घरबाहिरै राखिदिएर, पु¥याइदिएर सहयोग गर्न सकिन्छ’, उनी भन्छन्, ‘मानिस सहयोगी बनौँ, विपत्तिमा सहयोगी हातहरु बढेमा बाँच्न हौसला मिल्छ । बाँच्नका लागि सबै काम बन्द भएकाले यतिखेर बाँच्ने उपाय खोजौँ ।’

प्रतिक्रिया दिनुहोस