२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दे गाउँपालिकाको जामुने कोभिड अस्पतालमा चिकित्सक नियुक्त

अ+ अ-

दमौली । म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ । आज बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो ।

कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको छ ।

कोभिड अस्पतालमा हाल पाँच श्यया रहेको र यसलाई बढाएर दश शय्या बनाउने तयारी गरिएको छ । कोभिड अस्पतालका लागि अक्सिजनको व्यवस्थापन भइसकेको र थप अक्सिजन जुटाउने प्रयास गरिएको उनले बताए ।

कोभिड अस्पतालमा गाउँपालिकाले केही महिना पहिला चिकित्सक नियुक्ति गरेपनि उक्त चिकित्सकले छोडिदिएपछि अस्पताल चिकित्सक विहीन छ । गाउँपालिकाले कोभिड अस्पतालमा प्रयोगशाला समेत शुभारम्भ गरेको थियो ।

गाउँपालिकाले घरमा बस्न नमिल्नेका लागि सात वटै वडामा आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । आइसोलेशन केन्द्रमा बत्ती र पानीको व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने बाँकी स्वयंम व्यक्तिमार्फत् नै गराउने निर्णय भएको छ ।

वडा नं १ स्थित महेन्द्र मावि गुणादी, कुल ज्योति आवि बाख्रे, विजय आधारभूत विद्यालय मानुङ, थानीदेवी प्रावि बच्र्याङमा आइसोलेशन बनाइनेछ । वडा नं २ स्थित उमादेवी प्रावि, ऋषिथुम आवि, राधा मावि, वडा नं ३ स्थित जनगणपति मावि, रविचन्द्र प्रावि, वडा नं ४ स्थित मिन मावि, गणेश मावि, जनप्रकाश आवि, वडा नं ५ स्थित जनशक्ति प्रावि, हिरामणि प्रावि, पञ्चकन्या प्रावि, बोटेनी सामुदायिक भवन, वडा नं ६ स्थित अकला आवि, अकला सामुदायिक सिकाई केन्द्र र वडा नं ७ स्थित मिलीजुली प्रावि, सरस्वती आवि, देवी दलित सामुदायिक भवनमा आइसोलेशन केन्द्र बनाइनेछ ।

कोरोना जोखिम बढेपछि गाउँपालिकाले पिसिआर परीक्षणको दायरा थप वृद्धि गर्ने निर्णय गरेको गाउँपािलकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । उनले निषेधाज्ञाको पालना गर्दै घरमै बस्न गाउँपालिकावासीलाई आग्रह गरे ।

कार्यालय तीन दिन खुल्ने

निषेधाज्ञाको अवधिमा गाउँपालिकाले नागरिकको आवश्यकता र माग अनुसार हप्तामा तीन दिन दैनिक तीन घण्टामात्रै कार्यालय खोल्ने निर्णय गरेको छ । सीमित कर्मचारी आलोपालो गरी स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराई सरकारी कारोवारको भुक्तानी तथा नागरिकको सङ्कलित निक्षेप रकम माग अनुसार भुक्तानी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस