२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र उद्घाटन

अ+ अ-

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको मुलुककै ठूलो तीन हजार सिट क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र यही भएको उल्लेख गर्दै भने,‘मुलुक विकासको भर्याङ्मा नयाँ सिँढी थपिएको छ । हामी आधुनिकीरणको बाटोतर्फ लागेका छछौँ ।’
हाल कोभिड महामारीले त्रसित बनाएको समयमा सकारात्मक भावनाले ओतप्रोत भइ अघि बढ्न उनले आग्रह गरे ।

उदाउँदो सूर्य समृद्धि र विकासको आधार रहने हुँदा केन्द्रको स्वरुप पनि त्यसै आकारमा निर्माण गरी ‘गोदावरी सनराइज’ नामकरण गरिएको ओलीको भनाइ थियो ।

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले ४३ रोपनी जमिनभित्र निर्माण भएको सो सम्मेलन केन्द्रको भवनले मात्र ११ रोपनी १३ आना क्षेत्रफल ओगटेको बताए । उनले भने, ‘यस भवनको सहयोगमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गोष्ठी, सभाका साथै सम्मेलन गर्न सहयोग हुनेछ ।’

आधुनिक, प्रविधियुक्तका साथै सुविधा सम्पन्न सो भवनले विभिन्न काम गर्न सदैव सहयोग गर्ने उनको मत थियो ।

सो केन्द्र शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गतवर्ष २०७६ साल कात्तिक २० गते सम्झौता भई कार्तिक २१ गतेबाट निर्माण अघि बढाइएको थियो ।

केन्द्र निर्माणको काम सम्पन्न भएपनि सरसफाइलगायत भवनमा रङ्गरोहण गर्दा लागेका दागहरु हटाउन र स्काफोल्डिङ्ग झिक्ने बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । भवन निर्माणमा कूल ८१ करोड खर्च भएको भट्टले जानकारी गराए ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक छन् । ‘ए’ र ‘सी’ सम्मेलन केन्द्र प्रवेश गर्ने थलो हुँदा ‘बी’ भने मा तीन हजार क्षमताको सभाकक्ष रहको छ । केन्द्र भवनमा मुलुकमै पहिलो पटक ५८ मिटर लामो ट्रष्ट हालिएको कार्यक्रममा बताइयो ।

विभाग र जेभीबीच पहिलो पटक २०७६ साल चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि मुलुकमा आएको महामारीको कारण ढिलाइ भएको हो । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएकाले गोदावरीवासीको मुहारमा हाँसो थपिएको छ । गतवर्ष कार्तिक १६ गते प्रधानमन्त्री ओलीले सो केन्द्र निरीक्षण गरी समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस