१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना

अ+ अ-

हेटौडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना गरेको छ ।

महासङ्घको बिहीबार बसेको जुम मिटिङले कोष स्थापना गरेको हो । महासङ्घ प्रदेश समितिले कोषमा दुई लाख पचास हजार रुपैयाँ जम्मा गरेको छ ।

महासङ्घले कोषमा सहयोग गर्न चाहने सञ्चारकर्मी, सञ्चारमाध्यम, सरकारी तथा गैह्र सरकारी निकाय, व्यवसायी तथा अन्य शुभेच्छुकहरूलाई नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको राष्ट्रिय वाणिज्य बैङ्क हेटौँडामा शाखामा रहेको नेपाल पत्रकार महासङ्घ ३ नम्बर प्रदेश समिति, खाता नम्बर १३००००३६६१०१० मा रकम जम्मा गरिदिन आग्रह समेत गरेको छ ।

महासङ्घ कोषबाट प्रदेश अन्तरगतका जिल्ला शाखाहरूलाई सञ्चारकर्मीहरूको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा सहयोग गर्ने प्रदेश अध्यक्ष शिव देवकोटाले जनाए ।

अग्र भागमा रहेर समाचार सङ्कलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सतर्कता अपनाउन सबै सञ्चारकर्मीहरूलाई महासङ्घले आह्वान गरेको छ ।

महासङ्घले कोरोना सङ्क्रमित भई स्वास्थ्योपचार गराइरहेका सञ्चारकर्मीहरूसहित सबै नागरिकको स्वास्थ्य लाभको कामना गरेको छ ।

सङ्घीय राजधानी समेत रहेको बागमती प्रदेशको विभिन्न स्वास्थ्य संस्थाहरूमा पर्याप्त स्वास्थ्यकर्मी, अक्सिजन सहित अन्य स्वास्थ्य सामग्रीको अभावले कोरोना सङ्क्रमितहरूको उपचारमा समस्या भएको गुनासो बढेकाले बागमती प्रदेश सरकारलाई तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरूको उचित व्यवस्थापनको लागि महासङ्घले ध्यानाकर्षण गराएको महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस