कालीमाटी तरकारी बजार आजदेखि बन्द « प्रशासन
prasaLogo
२८ बैशाख २०७८, मंगलवार

कालीमाटी तरकारी बजार आजदेखि बन्द


प्रकाशित मिति : 11 May, 2021 12:26 pm

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।

समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधवारदेखि बन्द हुने छ ।’

थोक बजारमा प्याकेजिङ गरेर भने विक्री वितरण गर्न पाइन समितिले जनाएको छ । यसअघि बिहान ३ बजेदेखि ९ बजेसम्म बजार खोल्न दिइएको थियो ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस