काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि यसबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त भएका छन् । सोमबार विश्वासको मतको पक्षमा ९३ सांसद र विपक्षमा १२४ जनाले मत दिएका थिए । जसपाका १५ सांसद भने तटस्थ बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस