१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ आउने यात्रु अनिवार्य पाँच दिन होटेल क्वारेनटिन बस्नुपर्ने

अ+ अ-

काठमाडौँ । आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ आउने यात्रुहरू अनिवार्य पाँच दिन होटेल क्वारेनटिन बस्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिक चार्टर उद्धार उडानबाट काठमाडौँ आउने यात्रुहरू अनिवार्य पाँच दिन होटेल क्वारेनटिन बस्नुपर्ने र त्यसपछि अनिवार्य रूपमा आरटी–पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था भएको हो ।

गत २४ घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा, लुक्ला, नेपालगञ्‍ज र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी जम्मा १४८ सङ्ख्यामा यात्रुहरू उद्धार गरिएको छ, जसमा मेडिकल उद्धारको उडान सङ्ख्या ५१ र यात्रु उडान सङ्ख्या ७२ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी चीन सरकारले उपलब्ध गराउने पाँच मिलियन युआन अनुदान सहायता अन्तर्गत ती हजार पाँच सय थान अक्सिजन सिलिन्डर मध्ये चार सय थान अक्सिजन सिलिन्डर र दश थान भेन्टिलेटर नेपाल वायुसेवा निगमको चार्टर फ्लाइट मार्फत ११ मे २०२१ मा नेपाल ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजीकरण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आवश्यक भ्याक्सिन, स्वास्थ्य उपकरण तथा सामग्रीहरू वस्तुगत सहायता स्वरूप उपलब्ध गराइदिन चिनियाँ, जापनिज र गणतन्त्र कोरियाका दूतावासहरूलाई अनुरोध गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन वटा टोली परिचालन गरी बजार अनुगमन भएको छ । जसमा विभिन्न छ वटा पसल÷फर्मलाई जरिवाना गरिएको छ।

हिजो २५ गते आइतबार उद्योग सचिव, वाणिज्य तथा आपूर्ति सचिव, गृह सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त टोलीबाट काठमाडौँ उपत्यकाका विभिन्न अक्सिजन उद्योगहरूको अनुगमन गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमणको दर दैनिक तीव्र गतिमा बढिरहेको र यसको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबिच पूर्ण समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । साथै यस विषम परिस्थितिमा सबैले यस सङ्क्रामक रोग विरुद्ध आफू र अरूलाई बच्न र बचाउन भौतिक दुरी कायम राख्ने, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात बारम्बार धुने जस्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न÷गराउनसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस