२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सावधानी अपनाउँदै वाग्मती सफाइ

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र भइरहेका बेला साङ्केतिक रूपमा चार स्थानमा वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाअभियान आठ वर्ष हुन लाग्दा समेत जारी छ । महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा सफाइ महाअभियान रोकिएको छैन, निरन्तर जारी छ ।

सफाइ महाअभियानको ४१७ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं .९ का सदस्य टेकराज अधिकारी र मीना केसीले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ गरेका हुन् ।

कोरोनाबाट बच्न निषेधाज्ञा जारी रहेको र पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएकाको शव दैनिक तीन दर्जनभन्दा बढी आउने गरेकाले पनि फोहर बढेको देखिएको जनाइएको छ । यसै गरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा .लक्ष्मी पौडेलको नेतृत्वमा दुर्गा रावलसमेत भएर सफाइ गरिएको छ । दुवै स्थानको नदी किनारमा जम्मा भएको फोहर टिपेर व्यवस्थापन गरिएको छ । सफाइ महाअभियानले टिपेको फोहर महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

गुह्येश्वरीमाथिको वाग्मतीमा मनदेखि नै वाग्मती सफाइ अभियान जारी गरेको वाग्मती सुन्दरता सरोकार मञ्चले निषेधाज्ञाकाबीच ३८७ औँ हप्ताको कार्यक्रम सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै गोठाटार पुल नजिकको कपुर उद्यान क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । कोरोनाका कारण कुनै स्वास्थ्य समस्या परेमा सक्दो सहयोग गर्न तयार रहेको मञ्चले जनाएको छ ।

वाग्मतीको तिलगङ्गा सफाइको २९९ औँ हप्तामा भौतिक दूरी कायम गरी त्यस क्षेत्रमा सफाइ गरिएको छ । नदी किनार नजिक निवास भएका अभियानकर्मी नदीमै उपस्थित भएर र नदीको किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले टोल, घर,आँगन सफाइ गरिएको संयोजक आशा पाण्डेले जानकारी दिइन् ।

विष्णुमतीको माथिल्लो भाग सफाइको ३६ औँ हप्तामा बूढानीलकण्ठ नगरपालिका वडा नं ४ पासिकोटमा सफाइ गरिएको छ । भौतिक दूरी कायम गरी सीमित अभियानकर्मीबीच सफाइ गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए । विष्णुमती धन्येढिकुरो सरोकार समितिसमेत यस क्षेत्रको विष्णुमती सफाइमा संलग्न हुने गरेको जनाइएको छ ।

यसै गरी आज वाग्मतीका सहायक नदीहरू रुद्रमती, विष्णुमतीको तल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलामा पनि दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै उपत्यका बाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हालसम्म देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस