काठमाडौँ । संसद् सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना सङ्क्रमणबाट निधन भएको छ ।
तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रवार बिहान सहिद मेमोरियल अस्पताल कलङ्कीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको २२ गते स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
केही समय अगाडि उनको पत्थरीको अपरेसनसमेत गरिएको थियो ।