२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

याङवरक गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

अ+ अ-

पाँचथर । कोभिड–१९ का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि सात दिनका लागि बन्द गरिएको जनाएको छ ।

यस्तै आठ सङ्क्रमित फेला परेको याङवरक–१ को ठिङ्गेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले व्यापार–व्यवसायसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल बिहान ६ बजेदेखि १० बजेसम्म तथा अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने भएका छन् । अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारी साधनलाई बजारी क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, खेलकुदसहितका भिडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र सङ्क्रमणबाट बच्न सावधानी अपनाउन गाउँपालिकावासीमा अपिल गरेको छ । हिजो गरिएको एन्टिजेन परीक्षणमा याङवरक–१ का चार पुरुष र चार महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस