मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका साधारण शेयर निष्कासन गरेको जनाएको छ ।

कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको छ । बाँकी रहेको ४२ लाख कित्तामा सिन्धुपाल्चोकका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि छुट्टाइएको छ ।

कम्पनीको अनुसार शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्ताका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटललाई नियुक्ति गरेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस