पछिल्लो २४ घण्टामा ७,४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा ७,४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस