काँग्रेस प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

काँग्रेस प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ ।

प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो ।

आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

प्रवक्ता शर्माले आफू शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको निर्देशन अनुरुप औषधि सेवन गरेर होम आइसोलेशनमा बसेको बताए । उनले सबैलाई सजग भएर बस्नसमेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस