सुनको मूल्य तोलामा ४ सयले वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य तोलामा ४ सयले वृद्धि


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


सुन

काठमाडौँ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस