२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्दै वक्ताहरुले स्थानीय तहका प्रत्येक कार्यालयलाई आइसिटीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आइसिटी क्षेत्र मुलुकको आर्थिक विकासलागयत सबै क्षेत्रको विकासमा जोडिएको जनाउँदै आइसिटी क्षेत्रको विकास गर्नुपर्ने बताए ।

सरकारमा मुख्य सचिव शङ्करदास वैरागीले डिजिटल नेपालको उद्देश्य पूरा गर्न सबैभन्दा पहिला सरकारी कामकाजलाई नै व्यावहारिक रुपमै डिजिटलमैत्री बनाउने कार्य भइरहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्दै दूरसञ्चार सेवालाई सबै जनताको पहुँचमा पुर्याउने गरी प्राधिकरण तीव्र रुपमा काम गरिरहेको जानकारी दिए ।

दिवसका अवसरमा मन्त्रालयले आइसिटी क्षेत्रमा योगदान पुर्याउने चार सङ्घसंस्था र व्यक्तिलाई आज आइसिटी अवार्ड प्रदान गरेको छ । मन्त्रालयले सुदीप पराजुली, कुसुम लामा, हुवाय कम्पनी र सार्वजनिक महालेखा नियन्त्रण कार्यालयलाई सो अवार्ड प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस