१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रमको शुभकामना सन्देश

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् ।

‘कोभिडको दोस्रो लहर सुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ’, सन्देशमा भनिएको छ, ‘जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताएका छन् । उनले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गरे ।

‘कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ’, सन्देशमा भनिएको छ, ‘नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।’ मे दिवस विसं २००३ देखि २०४६ सम्म नेपालको सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कार्य थलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेका छन् । दक्षिण एसियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको छ । हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै मर्ने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तर्राष्ट्रिय रुपमा प्रक्षेपण गरिएको कुरा सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उल्लेख छ ।

त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बिमा गरिएको सन्देशमा उल्लेख छ । ‘विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ’, सन्देशमा भनिएको छ, ‘सामाजिक क्षेत्रमा लगानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।’

प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भई मासिक रु १३ हजार ४५० रु १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस