वैशाख १९ गतेदेखि डडेलधुरामा निषेधाज्ञा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वैशाख १९ गतेदेखि डडेलधुरामा निषेधाज्ञा


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस