प्रदेश नं १ मा कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं १ मा कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन


१७ बैशाख २०७८, शुक्रबार


दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ ।

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेका हुन् ।

नेकपा एमाले निकट युवा सङ्घ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पुर्याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्वरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस