सीइडीबी हाइड्रोपावरले आजदेखि आइपीओ निष्कासन गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीइडीबी हाइड्रोपावरले आजदेखि आइपीओ निष्कासन गर्ने


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौं । आज देखि सीइडीबी हाइड्रोपावर डेभलपमेन्टले शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको कम्पनीले जनाएको छ ।

बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार रहेको यस कम्पनीको साधारण शेयर बिक्री पश्चात चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस