उपत्यकामा मात्र १५६१ जना कोरोना संक्रमित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपत्यकामा मात्र १५६१ जना कोरोना संक्रमित


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार (आज) मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस