३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी अस्पतालले शुरु गर्यो ‘हेलो डक्टर’ सेवा

अ+ अ-

म्याग्दी । बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा शुरु गरेको छ ।

तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो ।

अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।

बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा–२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा–४ र १० लाई मङ्गलबार, बेनपा–८ र ९ लाई बुधबार, बेनपा–४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा–५ लाई शुक्रबारको समय तालिका बनाइएको छ ।

अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बेनीमा आइसोलेशन निर्माण शुरु

दोस्रो लहरको कोरोना सङ्क्रमण दर तीव्ररूपमा फैलिन थालेपछि बेनीमा आइसोलेशन वार्ड निर्माण शुरु गरिएको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि सदरमुकाममा स्थान अभाव भएपछि बेनी नगरपालिकाको अगुवाइमा आइसोलेशन निर्माण शुरु गरिएको हो । गत वर्ष नगरपालिका र जिल्लाका अन्य स्थानीय तहले खुलामञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा स्थापना गरेको २० श्यया क्षमताको आइसोलेशन गत फागुनमा हटाइएको थियो ।

पहिलेको ठाउँको आइसोलेशन हटाएपछि पछिल्लोपटक पहिचान भएका कोरोनाका सङ्क्रमित घरमै छन् । घरमा छुट्टै कोठा नभएका र आइसीयूमा राख्न नपर्ने सङ्क्रमितको उपचारमा समस्या भएपछि बेनी अस्पताल परिसरमा निर्माणाधीन भवनलाई व्यवस्थित गरेर आइसोलेशन बनाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अस्पतालको निर्माणाधीन भवनको पहिलो तलामा सरसफाइ, रङ्गरोगन, विद्युत्, पानी जडान गरेर आइसोलेशन बनाउन लागिएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले आइसोलेशनमा बस्ने सङ्क्रमितले प्रयोग गर्ने शौचालय नगरपालिकाले बनाउने जानकारी दिए । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयसँग समन्वय गरेर छुट्टै शौचालय र खानेपानी व्यवस्थापन गर्न लागिएको उनले बताए ।

शैक्षिक तालिम केन्द्रमा गत वर्ष रु ३७ लाख ५० हजारको लागतमा आइसोलेशन बनाइएको थियो । आधा खर्च नगरपालिकाले व्यहोरेको थियो । बाँकी खर्च अन्य पाँच स्थानीय तहलाई भाग लगाएर तिर्न लगाइएको थियो । सो आइसोलेशन वार्डमा सङ्क्रमितको उपचारका लागि आवश्यक उपकरणसमेत जडान भएको थियो । आइसोलेशन हटाएपछि ती सामग्री अहिले एउटा कोठामा थन्क्याएर राखिएका छन् ।

त्यही सामग्री र उपकरण प्रयोग गरेर नयाँ ठाउँमा आइसोलेशन बनाउन लागिएको हो । शैक्षिक तालिम केन्द्रको आइसोलेशन हटाइएको बिषयमा कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा स्थानीय तहका प्रतिनिधिले असन्तुष्टि जनाएका थिए । छलफल र कुनै निर्णय बिनै आइसोलेशन हटाउँदा अहिले सङ्क्रमितको उपचारमा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस