काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा नभएको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओली आइसोलेसनमा नभएको बताए।
उनले भने,‘प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न।’
गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ ।
ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ ।
सरकारले नै जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै एमालेको बैठक बसेको थियो ।