१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसा रोकथामका निम्ति अहोरात्र खट्ने आयोगको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि सुरक्षालगायत अन्य सम्बद्ध निकायसँग निरन्तर सम्पर्कमा रहेर अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी सङ्क्रमणको समयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि सरोकारवालासँग आज भएको छलफलमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसाका घटना रोकथाम गर्न स्रोत र साधनले भ्याएसम्म आयोगले इमानदारीपूर्वक अझ सचेत र सजग भएर काम गर्ने दृढता व्यक्त गरिन् ।

आयोगको खबर गरौँ ‘हेल्पलाइन ११४५’लाई अझ सशक्त एवं प्रभावकारी बनाइने जनाउँदै उनले महिला हकअधिकारका क्षेत्रका क्रियाशील सङ्घसंस्थासँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याइन् । ‘सेवा प्रदायक र सेवाग्राहीबीच समन्वय गर्न आयोगले सबै निकायसँग समन्वयसँगै अनुगमन पनि गर्नेछ’, बढ्दो सङ्क्रमणका कारण निषेधाज्ञा लागू भएको अहिलेको कठिन परिस्थितिमा लैङ्गिक हिंसा रोकथाम नै आयोगको पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै उनले भनिन् ।

आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसाका घटना हुन नदिन चेतनामूलक कार्यक्रम सञ्चालन तथा सही सूचना प्रवाहमा जोड दिँदै प्रदेश र स्थानीय तहमा आयोगको सञ्जाल नभएकाले गृह मन्त्रालयसँगको सहकार्यमा ७७ वटै जिल्लामा सेवा प्रवाह गर्ने अठोटका साथ आयोग अघि बढ्ने बताइन् ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोग, गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वैदेशिक रोजगार बोर्डका साथै महिला हकअधिकार प्रवद्र्धनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस