सम्पर्कबिहिन रहेका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सम्पर्कबिहिन रहेका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए


१५ बैशाख २०७८, बुधबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सम्पर्कबिहिन रहेका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।

उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । आज (बुधबार) दिउँसो अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मीलन हमालले जानकारी दिएका छन् । उनका अनुसार सांसद शाहीलाई के समस्या भएको भन्ने खुलिसकेको छैन् ।

उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस