यस्ता छन् वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका ५५ निर्णयहरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका ५५ निर्णयहरू


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

आज (बुधबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरूङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्

सरकारले वैशाख १६ देखि ३० गते सम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ को नया भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ।

सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्ला भित्र निषेधाज्ञा जारी गर्ने लगायत सम्पूर्ण अधिकार सम्बन्धीत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

साथै सरकारले मधेस आन्दोलनका क्रमका विभिन्न १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

त्यसैगरी शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० बर्ष ननाग्घने गरी २०७८ वैशाख २१ देखि २०७९ वैंशाख १८ गते सम्म पदावधि थप गर्ने निर्णय पनि सरकारले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस