एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित


१५ बैशाख २०७८, बुधबार


सुर्खेत । नेकपा एमाले को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।

कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने भन्दै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले वैठकको सुरु भएलगत्तै विराध गरेका थिए ।

‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औचित्य हुँदैन, सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं,’ प्रमुख सचेत शाहले भनेका थिए ।

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे । तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस