२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द

अ+ अ-

तम्घास । गुल्मी स्थापित कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावका कारण बन्द भएको हो ।

गत असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला बजेटको अभावमा बन्द भएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला अहिले बन्द भएको हो ।

प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्तासमेत पाएका छैनन् । जिल्लाका सरोकार पक्षले स्वास्थ्यकर्मीलाई रु ३० लाख भुक्तान गर्न अझै बाँकी छ । शुरुमा तम्घास अस्पतालमार्फत काममा खटिए पनि नियुक्तिपत्र नहुँदा समस्या भएको ल्याब इञ्चार्ज केपी भण्डारीले गुनासो गरे । अहिले पनि प्रयोगशाला सञ्चालनमा ल्याउन र कर्मचारीलाई तलब दिने विषयमा कसैले चासो नदिएको उनले बताए ।

परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए । प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीलाई तलब दिन नसकिएकाले तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय सङ्क्रमित छन् भने चारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस