जसपाका शीर्ष नेताहरूको अनौपचारिक छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपाका शीर्ष नेताहरूको अनौपचारिक छलफल


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको अनौपचारिक छलफलमा भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपाका शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भएको एक नेताले बताए ।

छलफल अनौपचारिक भएकाले कुनै पनि निर्णय भने नभएको ती नेताले बताए । छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ ।

प्रतिक्रिया दिनुहोस