२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमण बढेसँगै कैलाली र कञ्चनपुर सीमा नाकामा थप कडाइ

अ+ अ-

कैलाली । कोरोना संक्रमण तीब्र रुपमा फैलिनथालेपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बसेको बैठकले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेपछि २५ बुँदे निर्णय गर्दै कोभिड–१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल पालनामा थप कडाइ गर्नुका साथै गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

उनले दुवै जिल्लामा किनमेल लगायतका विभिन्न बहाना बनाइ भारततर्फ जाने नेपालीहरुलाई गौरीफन्टा र गड्डाचौकी नाकामा कडाइ गरिने बताए । उपचार गर्न जानेहरुको हकमा सम्बन्धित स्वास्थ्य संस्थाको प्रेषण पूर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ रिजालले बताए ।

यी दुवै जिल्लामा अत्यावश्यक कामबाहेक राती ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थानमा हिँडडुलमा रोक लगाइएको छ । त्यसबाहेकका समयमा पनि कामबिना बाहिर ननिस्कन सार्वजनिक आह्वान गर्ने निर्णय भएको रिजालले बताए ।

कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट आउने नेपालीलाई एन्टिजेन र ज्वरो नापेर जिल्लागत रुपमा छुट्याई सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गर्ने, भारतमा किनमेल गर्न जाने–आउनेको अभिलेख राख्ने निर्णय भएको उनले बताए ।

सीमा नाकामा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने, नाकामा होल्डिङ सेन्टर निर्माणका लागि अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।

जिल्लास्तरका विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्था वैशाख १४ देखि ३१ गतेसम्म बन्द गर्ने, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र अन्य समयको हकमा तयार गरिएका खाद्य परिकार लैजाने सेवा वा होम डेलिभरी मात्र सञ्चालन गर्न दिने तथा उक्त व्यवस्था पालना भए–नभएकोबारे कडाइसाथ अनुगमन गर्ने निर्णय भएको प्रजिअ रिजालले बताए।

प्रतिक्रिया दिनुहोस