विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान सवा ७ बजे मृत्यु भएको हो ।
उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।