क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ


प्रशासन संवाददाता

१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी भैरहेको छ ।

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस