यस वर्षको ओस्कार उत्कृष्ट निर्देशकको पुरस्कार चाओलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस वर्षको ओस्कार उत्कृष्ट निर्देशकको पुरस्कार चाओलाई


एजेन्सी

१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले जितेकी छन् ।

योसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला बनेकी छन्।

चाओले ‘नोमाडल्यान्ड’ फिल्मको निर्देशन गरेकी थिइन्। अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गर्ने बताइन्।

‘यो दुनियाँमा मेरो जहाँ, जोसँग भेट भयो उनीहरूमा राम्रो कुरा पाएकी छु। यो अवार्ड तिनीहरूका लागि हो जो राम्रो हुनलाई प्रयत्न गर्छन् र जोसँग जति नै कठिनाइ भए पनि राम्रो बन्ने साहस छ। यो अवार्ड मलाई प्रेरणा दिन तपाईंहरू सबैका लागि हो,’ उनले भनिन्।

यसअघि सन् २०१० को ओस्कारमा ‘हर्टलकर’ फिल्मका लागि क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस