काँग्रेस केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र बैठक बस्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र बैठक बस्ने


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

आइतबार (आज) बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो । नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बस्ने भएको छ ।

यसअघि भोलि सोमबारका लागि बैठक बोलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस