गाउँमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाउँमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा हुने


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आइतबार (आज) बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेका थिए । तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस