२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परीक्षण नगरीदिन हुन सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ ।’

कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कुटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ ।

मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस