विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन् । पक्राउ पर्ने कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन् । अरु भने विद्यार्थी हुन् ।

विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पुर्‍याएका हुन् । उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस