सम्झनामा वैशाख १२ …… « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सम्झनामा वैशाख १२ ……


१२ बैशाख २०७८, आइतबार


इतिहास बोकेको त्यो अग्लो धरहरा देखिन
अलि पर नजर लगाउँदा राज दरबार देखिन
सबै खोसेर लग्यो भुईँचालोले धेरैका घरबार देखिन।।
सधैँ बन्द र हडताल हुने देशमा विकास देखिन
सङ्घीयता ल्याउनुको कुनै खास कारण देखिन
सबै लुटेर लग्यो भुईँचालोले धेरैका परिवार देखिन।।
दुर्गम त्यो विकट कर्णाली रुँदा खुसी देखिन
हाम्रा देशका नेतामा राष्ट्रियता र राष्ट्र प्रेम देखिन
सबै खोसेर लग्यो भुईँचालोले धेरैका आमाबुबा देखिन।।
अविकसित हाम्रो देश नेपालमा विकास भएको देखिन
कोही कसैले विकासमूलक नारा लगाएको देखिन
टप्प टिपेर लग्यो भुईँचालोले धेरैका ओठमा हाँसो देखिन।।
शान्तिका अग्रदूत गौतम बुद्धको देशमा आज शान्ति देखिन
देशमा शान्ति ल्याउँछौ भन्दै रणभूमिमा उत्रिएका ती वीर गोर्खाली देखिन
सबै खोसेर लग्यो पापी भुईँचालोले धेरैका सन्तान देखिन।।

Tags :
प्रतिक्रिया दिनुहोस