४४९८ ट्याब्लेट लागूऔषधसहित दुई जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४४९८ ट्याब्लेट लागूऔषधसहित दुई जना पक्राउ


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रहरीले लागूऔषध नााइट्राजेपामसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिवार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट औषधिजन्य लागुऔषध नाइट्राजेपामको चार हजार चार सय ९८ ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका–२ का ४७ वर्षीया लालबाबु नदाफ र सोही ठाउँ बस्ने २७ वर्षीय अलि हुसेन रहेका छन् ।

महोत्तरी गौशालाबाट काठमाडौँ आउँदै गरेकाे प्रदेश नं. ३०१००५ख९७२७ नंको यात्रुवाहक बसबाट नाइट्राजेपाम ४४९८ ट्यावलेटसहित दुई जनालाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस