पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु


११ बैशाख २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट ७५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस