साइप्रसमा फेरि लकडाउन लगाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साइप्रसमा फेरि लकडाउन लगाइने


एजेन्सी

११ बैशाख २०७८, शनिबार


निकोसिया । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ ।

सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाई छ ।खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उनले बताए । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस