बालुवाटारमा एमाले बैठक शुरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा एमाले बैठक शुरू


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

जसमध्य खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

यस बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस