प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका लागि राजदूत र मन्त्रीबिच छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका लागि राजदूत र मन्त्रीबिच छलफल


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

मङ्गलवार सिँहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्ताका क्रममा क्षमता अभिवृद्धिसँगै पूर्वाधार विकासका कार्यक्रम र कोभिड-१९ महामारी नियन्त्रणलगायतका विषयमासमेत छलफल भएको छ ।

राजदूत डिप्रेजले मन्त्रालयद्धारा स्थानीय तहमा हुने विकास निर्माणका कार्यहरूमा र शिक्षा, पोषण, स्वास्थ्यलगायत क्षेत्रहहरुमा सहयोग गर्न इच्छुक रहेको र भविष्यमा हुने परियोजनाहरूलाई दिगो रूपमा अगाडी बढाउन नेपाल र युरोपियन युनियनले संयुक्त प्रयास गर्ने बताएकी छिन् ।

सो क्रममा मन्त्री ठगुन्नाले नेपाल र युरोपियन युनियनबिच सदैव सुखद र असल सम्बन्ध रहेको कुरा स्मरण गर्दै युरोपियन युनियनले महत्त्वपूर्ण विकास साझेदारको रूपमा नेपालका सङ्घीयता कार्यान्वयन, आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै यस प्रकारका सहयोग भविश्यमासमेत निरन्तर रहने अपेक्षा व्यक्त गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस