नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो ।

सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ।

हिजोका लागि बोलाइएको बैठक सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस