सात पाकिस्तानी प्रहरी तथा बनपाले प्रदर्शनकारीहरूको कब्जामा « प्रशासन
prasaLogo
६ बैशाख २०७८, सोमबार

सात पाकिस्तानी प्रहरी तथा बनपाले प्रदर्शनकारीहरूको कब्जामा


प्रकाशित मिति : 19 April, 2021 7:38 am

पाकिस्तान । कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ । लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भने, ‘टीएलपीका सदस्यहरूले सात प्रहरी अधिकारी तथा बनका कर्मचारीलाई बन्धक बनाएको सूचना आएको छ । प्रहरीले उनीहरूको सकुशल रिहाईका लागि अनुसन्धान अघि बढाइसकेको छ ।’

घटनाको पुष्टि गर्दै पञ्जाब प्रान्तीय सरकारका प्रवक्ता फिरदौस आशिक अवानले भने, ‘केही प्रदर्शनकारीहरूले १२ प्रहरीलाई नियन्त्रणमा लिई लाहोरको टीएलपी मस्जिदमा लगिएको बुभिएको छ । मस्जिदमा सयौं समर्थक जम्मा भएका र घटनालाई थप उत्तेजित हुन नदिइकन उनीहरूलाई मुक्त गर्न प्रहरी तथा प्रशासन लागिसकेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस