२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक प्रकोप सहयोग कोषद्वारा १०० घर पीडितलाई रकम प्रदान

अ+ अ-

खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।

विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भएकै वर्ष १९ परिवारलाई रु एक लाख ८५ हजार र विसं २०७५ मा २४ परिवारलाई रु एक लाख १८ हजार राहत रकम प्रदान गरेको थियो । यस्तै २०७६ मा २७ परिवारलाई रु एक लाख ५३ हजार रकम उपलब्ध गराइएकामा २०७७ मा ३० घर पीडित परिवारलाई रु दुई लाख ८५ हजार प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए।

कोष स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा जिल्लामा सबैभन्दा बढी आगलागी, बाढीपहिरो र चट्याङबाट पीडित बनेका परिवारलाई राहत वितरण गरिएको छ । विसं २०७७ अर्थात् यस वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ ।

जिल्लामा आधिकारिकरूपमा दर्ता गरेर सञ्चालनमा ल्याइएको कोषले आफ्नो मूलधन रु ३० लाखको ब्याजबाट आएको रकमले आंशिक क्षतिलाई नगद रु पाँच हजार र पूर्ण क्षतिलाई नगद रु १० हजार राहत वितरण गर्दै आएको छ । भोगेन्द्र राई ‘एक्ले’को अध्यक्षतामा गठन भएको कोषमा १३ सदस्यीय समिति रहेको छ । विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहज होस् भनेर जिल्लाका १० वटै स्थानीय तहमा प्रतिनिधि राखिएको छ । स्थानीय तहमा गठन गरिएको समितिका प्रतिनिधिले सम्बन्धित ठाउँका पीडितको घरआँगनमै पुगेर राहत रकम वितरण गर्दै आएको छन् ।

सहयोग कोषको हङकङ प्रतिनिधिमा खोटाङ सेवा समाज हङकङका पूर्वअध्यक्ष तेजप्रकाश राई रहेका छन् । जुनसुकै बेला आइपर्ने विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल उद्दार गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।

यसैबीच ऐँसेलुखर्क गाउँपालिकाले अस्पताल निर्माणका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने पाँच दातालाई सम्मान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कको पछाडिपट्टि निर्माण हुने १५ शय्याको अस्पतालका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने दातालाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गरेकोे हो ।

अस्पताल निर्माणका लागि सात रोपनी आठ आना एक दाम जग्गा दिने वडा नं ३ का पर्शुराम राजभण्डारी, छ रोपनी १३ आना दुई दाम दुई पैसा जग्गा दिने रामकुमार कालीकोटे, पाँच रोपनी जग्गा दिने प्रभुनारायण राजभण्डारी, दुई रोपनी जग्गा दिने विष्णु राजभण्डारी र एक रोपनी १२ आना जग्गा दिने स्व गोविन्द राजभण्डारीकी श्रीमती लक्ष्मी गिरी श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुबाट २३ रोपनी एक आना दुई दाम तीन पैसा जग्गा अस्पताललाई निःशुल्क प्राप्त भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए।

सङ्घीय सरकारको रु १८ करोड बजेटमा निर्माण हुने अस्पतालको प्रदेश नं १ का प्रदेशसभा सदस्य राजन राईले यसअघि नै शिलान्यास गरिसकेका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने यसअघि नै अस्पताल निर्माणको काम शुरु गरिसकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस