नेपालगन्जका विद्यालय आइतबारदेखि एक साता बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगन्जका विद्यालय आइतबारदेखि एक साता बन्द


३ बैशाख २०७८, शुक्रबार


नेपालगन्ज । कोरोना संक्रमण तीव्र भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालगन्ज उपहानगरकी उपप्रमुख उमा थापामगरले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताइन् ।

बैठकले अत्यावश्यकबाहेकका पसल तथा व्यवसाय पनि कम्तीमा एक साता बन्द गर्ने, सीमा–नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणमा कडाइ गर्ने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत (बोर्डिङ स्कुल) निर्बाध रूपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रूपमा दबाब बढेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस