कारागारभित्रै आत्महत्या « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कारागारभित्रै आत्महत्या


३ बैशाख २०७८, शुक्रबार


चरीकोट । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आज दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेको बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस